लाखौँ रुपियाँको याबा ट्याबलेटसहित 3 जना पक्राउ

जलपाईगढी : मयनागढी थाना पुलिसले अभियान चलाएर लाखौँ रुपियाँको याबा ट्याबलेटसहित 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू कुचबिहार निवासी क्रमैले बिप्लब हुसेन अली, अजिदुल मियाँ र हजरत मियाँ सामेल छन्। प्राप्त जानकारीअनुसार कुचबिहारदेखि मयनागढी हुँदै धेरै मात्रामा मादक पदार्थ तस्करी गरिरहेको मयनागढी पुलिसले गोप्य सुइँको पाए। यसपछि मयनागढी थानाका आईसी भूषण छेत्रीको नेतृत्वमा पुलिसले कुचबिहार र मयनागढी सीमावर्ती इलाकामा नाका चेकिङ अभियान चलाएर तीनजना युवकलाई हिरासतमा लिएर छानबीन गर्दा लाखौँ रुपियाँको याबा ट्याबलेट उद्धार गरेको बताइएको छ। जफत गरेको याबा ट्याबलेटको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। पक्रा परेका 3 जना युवकलाई आज जलपाईगढी जिल्ला अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *