74औँ स्वतन्त्रता दिवससितै बोर्ड परीक्षा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको शिवखोला फ्रेण्डस क्लबको आयोजनामा 74 औं स्वतन्त्रता दिवस पालन गरियो। यस अवसरमा गाउँबाट यसपालीको माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई सम्मान पनि गरियो। कार्यक्रममा सभाध्यक्षको रूपमा पेम्बा तामाङ अनि प्रमुख अतिथिको रूपमा भूतपूर्व सैनिक दुर्गा प्रसाद तामाङ उपस्थित थिए। कार्यक्रममा राष्ट्रिय पिता महात्मा गाँधीको तस्विरमा धुप द्वीप प्रज्ज्वलन गरेर प्रमुख अतिथिद्वारा राष्ट्रिय झण्डा उत्तोलन गरी सलामी पनि दिइयो। कार्यक्रममा नानीहरूले राष्ट्रिय गीत प्रस्तुत गरे। कार्यक्रममा विशेष रूपमा यसपालीको माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने विद्यार्थीहरू क्रमैले आकृति तामाङ, सुनिती तामाङ, श्रिया कामी, सेजल राईलाई फ्रेण्डस क्लब शिवखोलाको तर्फबाट सम्मान गरियो। यसैगरी, यसपालीको उच्च माध्यमिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरू करुणा तामाङ, पल्लवी राईलाई पनि सम्मान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.