75औँ स्वतन्त्रता दिवस खरसाङमा भव्य रूपमा पालन नगरिने

खरसाङ : खरसाङको मन्टभियट खेल मैदानमा प्रत्येक वर्ष सम्पन्न गरिने स्वतन्त्रता दिवस यो वर्ष पालन नगरिने बताइएको छ। यो वर्षको 75 औँ स्वतन्त्रता दिवस सार्वजनिक अनि भव्य रूपमा पालन नगरेर सामन्य रूपमा प्रत्येक कार्यालय, संस्थान, प्रतिष्ठान अनि घर-घरमा पालन गरिने भएको छ। यस बारेमा खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधानले भने, यो वर्ष 75 औँ स्वतन्त्रता दिवस हो। यो वर्ष स्वतन्त्रता दिवसको हिरत जयन्ती रहेकोले भव्य रूप पालन गरिन पर्ने हो तर कोभिड महामारीको कारण गत वर्ष 2020 झैँ यो वर्ष पनि स्वतन्त्रता दिवस मन्टभियट खेल मैदानमा भव्यताको साथमा पालन गरिने छैन। प्रत्येक वर्ष खरसाङ नगरपालिकाको तत्परतामा खरसाङ महकुमा प्रशासनसित मिलेर हामीले मन्टभियट खेल मैदानमा स्वतन्त्रता दिवस भव्य रूपमा मनाउने गर्थ्यौँ। यो वर्षको स्वतन्त्रता दिवस भव्य रूपम पालन नगरेर सामन्य रूपमा पालन गरिनेछ। सुवास प्रधानले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा नगरवासीलाई शुभकामना दिँदै खरसाङ नगरपालिकाले नगरवासीको हितको निम्ति विभिन्न कार्यहरू गरिरहेको बताए। तिनले आगामी 16 अगस्तदेखि सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयमा नगरपालिकाको तत्परतामा अनि खरसाङ महकुमा प्रशासनको आयोजनामा दैलोमा सरकार अथवा द्वारे सरकार शिविर शुरु हुने जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *