75औँ स्वतन्त्रता दिवसलाई केन्द्र गरेर बाघडुग्रा इलाकामा नाका चेकिङ

सिलगढी : 75औँ स्वतन्त्रता दिवसलाई केन्द्र गरेर सिलगढी मेट्रोपोलिटनको बाघडुग्रा थाना एवम् बाघडुग्रा ट्राफिक गार्डको तर्फबाट कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। आज बिहानैदेखि बाघडुग्रा ट्राफिक गार्डको तर्फबाट पानीघट्टा मोड़ इलाकामा ट्राफिक चेकिङ अभियान शुरू गरेको छ भने बाघडुग्रा थाना पुलिसले पनि बिहार मोड़ इलाकामा नाका चेकिङ अभियान चलाइरहेको छ। स्वतन्त्रता दिवसको अवसरमा कुनै प्रकारको अप्रिय घटना नघटोस् भन्ने उद्देश्य लिएर प्रत्येक वाहनहरूको चेकिङ भइरहेको छ।


यसको साथै रेलवे स्टेसन लगायत बस स्ट्यान्ड, पर्यटक स्थल, सपिङ मल, मल्टिकम्प्लेक्स, प्रशासनिक कार्यालय, मुख्य चौक तथा चौरास्तामा पुलिसले कठोर नजरदारी गरिरहेको छ। सिलगढी सहरको सबै संवेदनशील इलाकाहरूमा मेटल डिटेक्टर एवम् स्निफर डगको सहयोगमा चेकिङ गरिरहेको छ। स्वतन्त्रता दिवसमा कुनै अप्रिय घटना नहोस् भनेर जिल्ला प्रशासन पूर्ण रूपले सतर्क रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *