7 अगस्तमा रन फर भारत-को आयोजना गरिने

सिलगढी : स्वतन्त्रताको 75औँ वर्षको अवसरमा देशभरिमै 'आजादी का अमृत महोत्सव' पालन गरिरहेको छ। यसै अन्तर्गत आगामी 7 अगस्तको दिन रन फर भारतको आयोजना गरिने भएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा रन फर भारत कमिटीका सदस्यहरूले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। रन फर भारतमा रोड रेस र ड्रिम रन नामक दुईवटा दौड़ प्रतियोगिताको आयोजना गरिने भएको छ, जसमा 12 वर्षभन्दा अधिक उमेरका पुरुष र महिला प्रतियोगीहरूले अंश ग्रहण गर्न सक्नेछन्। उक्त दौड़ प्रतियोगिता सालुगढा जयदीप बिल्डिङबाट शुरू गरेर पानीट्याङ्की मोड़, भेनस मोड़ हुँदै हिन्दी हाई स्कुलमा पुगेर समापन गरिनेछ। ड्रिम रनमा समाजका सबै मानिसहरूले अंश ग्रहण गर्न सक्नेछन्। ड्रिम रन हिन्दी हाई स्कुलबाट शुरू गरेर एसएफ रोड परिक्रमा गरेपछि पुनः हिन्दी हाई स्कुल पुगेपछि समापन गरिनेछ। यस प्रतियोगितामा अंश ग्रहण गर्न चाहने प्रतियोगीहरूले निःशुल्क फारम भर्न सक्नेछन्। दौड़को अन्तमा 10 जना विजेताहरूलाई पुरस्कृत गरिनेछ। उक्त प्रतियोगितामा मुख्य अतिथिको रूपमा ओलम्पिकमा काँस्य पदक विजेता योगेश्वर दत्त उपस्थित रहने भएका छन्। रन फर भारत कमिटीका सदस्य भुलु दत्तले बताएअनुसार आजादीको 75औँ वर्षको अवसरमा स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जलि दिनको लागि उक्त प्रतियोगिताको आयोजना गरिएको हो। उक्त प्रतियोगितामा पहाड़देखि लिएर समतलका इच्छुक मानिसहरूले अंश ग्रहण गर्न सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.