7 हजार लिटर स्प्रीटसहित पक्रा पर्ने 2 जना अदालतमा पेश

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले हिजो 7 हजार लिटर अवैध काँचो स्प्रीटसहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका दुई आरोपी आनोयाल हुसेन र फुलचन्द अलीलाई पुलिस हिरासतमा पठाएको छ।


प्राप्त जानकारी अनुसार बिक्री गर्ने उद्देश्यले धेरै मात्रामा काँचो स्प्रीट सिलगढी ल्याइरहेको एनजेपी थाना पुलिसले गोप्य सुइँको थाहा पाएपछि फुलबारी टोल गेटमा अभियान चलाएर स्प्रीट बोकेको एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 7 हजार लिटर अवैध स्प्रीट उद्धार गरेको बताइएको छ। उक्त घटनामा दुईजना व्यक्तिलाई पनि पक्राउ गरेको छ भने पुलिसले घटनाको जाँच शुरू गरेको छ।


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *