7 साल पछि दुष्कर्म पीडिताले पाइन् न्याय, आरोपीलाई 23 वर्षको सश्रम कारावासको सजाय

सिलगढी, 13 दिसम्बर (निसं): नानीसित दुष्कर्म गरेको मामिलामा 7 सालको पर्खाइ पछि अन्तत: अदालतले आफ्नो निर्णय सुनाएको छ। सिलगढी पोस्को कोर्टले नानीसित दुष्कर्म गर्ने आरोपीलाई दोषी ठहर गर्दै 23 वर्षको सजाय सुनाएको छ। अदालतले आरोपीलाई सजाय दिनको साथै सरकारको तर्फबाट नानीलाई 3 लाख रूपियाँ भक्तान दिने निर्देश दिएको छ। उल्लेखनीय रहोस, वर्ष 2017 को सितम्बर महिनामा प्रधान नगर थाना अन्तर्गत इलाकामा एकजना 6 वर्षीय नानी खेलिरहेको समय एक्लै देखेर तिनीसित दुष्कर्म गरेपछि नानीको शारीरिक स्थिति अधिक खराब भएकोले अस्पतालमा भर्ना गरिएपछि दुष्कर्मको घटना थाहा लागेको थियो। तर नानीले डरको कारण घटनाबारे घरमा केही बताएका थिएनन्। यसपछि घटनाबारे परिवार पक्षले थाहा पाएपछि 28/9/17 सितम्बरको दिन महिला थानामा पिडितको परिवार पक्षले अभियोग गर्ता गरेका थिए। यसपछि पुलिसले अभियोगको आधारमा 6 वर्षीय नानीलाई दुष्कर्म गरेको आरोपमा मध्य पलाश इलाकाबाट किरण उरांवलाई पक्राउ गरेको थियो। यसपछि नै उक्त मामिला सिलगढी अदालतमा पुगेको थियो। 12 दिसम्बर सिलगढी अदालतको पोस्को कोर्टका न्यायाधीशले आरोपी किरण उरांवलाई नानीसित दुष्कर्म गरेको दोषी ठहर गऱ्यो। यसपछि आज न्यायाधीशले दोषी किरण उरांवलाई दोषी ठहर गर्दै 23 सालको कारावस सजाय सुनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom giriş