85 वटा गाई-गोरूसहित 4 जना पक्राउ

खोरीबारी : एसएसबी 19औँ बटालियनले भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर 85 वटा गाई-गोरूसहित 4 जना तस्करलाई पक्राउ गरेको छ। प्राप्त जानकारी एसएसबीका उप-कमान्डेन्ट नवीन कुमार रायको नेतृत्वमा अभियान चलाएर भारत-नेपाल सीमाको भिन्न-भिन्नै ठाउँबाट ल्याइरहेको 85 वटा गाई-गोरू जफत गरेको बताइएको छ। यसको साथै राजा हुसेन, आशिक अनवर, मोहम्मद यासिर र जोर मोहम्मदलाई पनि पक्राउ गरेको छ। पक्रा परेका 4 जना व्यक्तिलाई नजिकैको थानामा सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *