8 वर्षपछि चरस तस्करी मामिलाका 4 जना आरोपीलाई 12 वर्षको कारावास, डेढ़ लाख रुपियाँ जरिमाना

सिलगढी : सिलगढी एनडीपीएस कोर्टले 8 वर्षपछि मादक तस्करीको मामिलामा आज 4 जना आरोपीलाई 12 वर्षको कारावासको सजाय सुनाएको छ। यसको साथै डेढ़ लाख रुपियाँको जरिमाना लगाएको छ भने उक्त जरिमाना नतिरेको खण्डमा आरोपीहरूलाई अझै 2 वर्षको अतिरिक्त श्रम कारावासमा बस्ने फसेला सुनाएको छ। घटनाक्रमअनुसार गत 2016-मा डीडी-को टीमले मेथीबारी चेक पोस्ट नजिक अभियान चलाएर 7 किलो चरस सहित 4 जना आरोपीलाई पक्राउ गरेको थियो। पक्रा परेकाहरूमा शान्ता राई, जीवन गौतम, राम कुमार खाती र बसन्त राई सेंवाग सामेल छन्। लामो समयसम्म मामिला चलेपछि आज सिलगढी एनडीपीएस कोर्टका न्यायाधीशले 4 जना आरोपीलाई दोषी ठहराउँदै 12 वर्षको श्रम कारावासको सजा सुनाएको छ। यसको साथै डेढ़ लाख रुपियाँ जरिमाना पनि लगाएको छ। यस विषयमा एनडीपीएस कोर्टको सरकारी पक्षका वकील दिलीप राय र निलय रायले बताएअनुसार वर्ष 2016-मा डीडी-का इन्स्पेक्टर अभिजीत साहाले गोप्य सूचनाको आधारमा आफ्नो टीमको साथमा मेथीबारी चेकपोस्ट नजिक अभियान चलाएर चरस सहित 4 जना आरोपीलाई पक्राउ गरेको थियो। 8 जनाको गवाह तथा प्रमाणको धारमा आज 4 जना आरोपीलाई दोषी ठहराउँदै कोर्टले सजा सुनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

deneme bonusuMARScasibomcasibom girişCasibom Bonuscasibomcasibom mobil girişhttps://www.cellerini.it/casibom girişcasibomcasibom güncelcasibom girişcasibom girişgirişcasibom girişcasibom girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahis