8 वर्षीय नानीलाई यौन शोषण गरेको आरोपमा अवकाश प्राप्त सेनाका जवान पक्राउ

सिलगढी: 8 वर्षीय नानीसित यौन शोषण गरेको आरोपमा एनजेपी पुलिसले सेनाको अवकाश प्राप्त एकजना जवानलाई पक्राउ गरेको छ।   यो घटना फूलबारी 1 नम्बर इलाकाको हो। गत तीन महिना अघि श्रीनगर कलोनीको एकजना 8 वर्षीय नानी बसुन्धरा आवासको एउटा पार्कमा खेल्न गएको समय सेनाको एकजना अवकाशप्राप्त जवानले तिनीसित यौन उत्पीड़न गरेको आरोप रहेको छ। नानीले डरको कारण त्यस समय परिवारका सदस्यहरूलाई घटनाबारे केही नबताए तापनि पछि स्थानीय नानीहरूको अभिभावकको माध्यमद्वारा उक्त नानीको परिवारका सदस्यहरूले घटनाबारे थाहा पाए। यसपछि आज स्थानीय मानिसहरूले आरोपीको घरमा गएर क्षोभ प्रकट गरे। उक्त घटनाको जानकारी पाउन साथ एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरेको छ। अर्कोतिर, नानीको परिवार पक्षबाट घटनालाई लिएर पुलिस थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ भने पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *