8 वर्षीय बालिकासित दुष्कर्म गरेको आरोपमा युवक पक्राउ

राजगञ्ज : आमबारी आउटपोस्ट पुलिसले 8 वर्षीय बालिकासित दुष्कर्म गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक बिन्नागढी अञ्चलको फाराबारी इलाका निवासी 22 वर्षीय मलेन रायको रूपमा चिन्हित गरिएको छ। गत मंगलबार साँझ बालिका दोकान गएको समय मलेनले उक्त बालिकालाई इलाकाको चियाकमानमा लगेर दुष्कर्म गरेको पीडित परिवारले आरोप लगाएको छ। यसपछि बालिका घरमा आएर घटनाबारे विस्तृत रूपमा परिवारका सदस्यहरूलाई सुनाएपछि तिनीहरूले हिजो बुधबार उक्त युवक विरुद्ध आमबारी आउटपोस्ट थानामा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले उक्त युवकलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.