8 वर्षीय नाबालिकासित दुष्कर्म गरेको आरोपमा एकजना युवक पक्राउ

सिलगढी आसिघर संलग्न माझाबारी इलाकामा 8 वर्षीय नाबालिकासित दुष्कर्म गरेको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक 25 वर्षीय लिटन रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 27 नोभेम्बरको दिन 8 वर्षीय नाबालिका घरमा एक्लै रहेको फाइदा उठाएर छिमेकी लिटन रायले प्रलोभन देखाएर जबरजस्ती दुष्कर्म गरेको बताइएको छ। उक्त नाबालिकाको आमा-बाबु राति कामबाट घर फर्किआएपछि तिनले घटनाबारे विस्तृत रूपमा जानकारी गराइन्। यसपछि नाबालिकाको आमा-बाबु तथा छिमेकीहरूले आसिघर पुलिस आउटपोस्टमा घटनाबारे लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले गत अबेर राति नै आरोपी युवकलाई पक्राउ गर्यो। आरोपी युवकविरुद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज जलपाईगढी अदालतमा पेश गरियो। अर्कोतिर, नाबालिकालाई मेडिकल जाँचको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *