8 करोड रुपियाँ मूल्यको सुन सहित 2 जना पक्राउ

सिलगढी : डीआरआई टीमले  14 किलो 281.500 ग्राम सुन उद्धार गर्नको साथै एउटी महिला सहित 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू मिजोराम निवासी चिङ्सिआनपावा,  लियानगैहलूनी सामेल छन्। प्राप्त जानकारी अनुसार As-12AB-6592 नम्बर भएको एसयुभी कार मिजोरमबाट असम हुँदै सिलगढी भएर कोलकाता जाने योजना रहेको थियो। गोप्य सूचनाको आधारमा  डीआरआई टीमले गत राति फाटापुकुरको पानीकौरी टोल प्लाजा नजिक अभियान  चलाएर उक्त वाहनलाई रोकेर छानबीन गर्दा वाहनको एउटा विशेष चेम्बरबाट 4 किलो 281.500 ग्राम सुन उद्धार गरेको बताइएको छ। यसपछि उक्त सुनको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि  डीआरआई-ले   एसयुभी वाहन सहित सुन जफत गर्नको साथै वाहनमा 2 जनालाई पनि पक्राउ गरेको छ। डीआरआई पक्षका वकील त्रिदीप साहाले बताएअनुसार  गत राति पानीकौरी टोल नजिक अभियान चलाकर डीआरआईले एसयुभी कारबाट 13 पीस सुन उद्धार गरेको छ, जसको ओजन 14 किलो 281.500 ग्राम रहेको छ। जफत गरेको सुनको अनुमानित बजार मूल्य 8 करोड़ रुपियाँभन्दा अधिक रहेको छ। उक्त सुन मिजोरमबाट ससाना आकार बनाएर एसयुभी कारको एउटा विशेष चेम्बरमा लुकाएर राखेको थियो। उक्त सुन सिलगढी हुँदै कोलकातामा तस्करी गर्ने योजना रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *