8 दिसम्बरदेखि सिलगढीमा उत्तरबंग पुस्तक मेलाको आयोजना गरिने

सिलगढी: सिलगढीको कञ्चनजङ्घा स्टेडियमको प्राङ्गणमा आगामी 8 दिसम्बरदेखि 17 दिसम्बरसम्म 41औँ उत्तरबंग पुस्तक मेलाको आयोजना गरिने भएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। संगठनको तर्फबाट सिलगढीका मेयर गौतम देवले भने, यस वर्ष पुस्तक मेलाको थिम सुकुमार रायको अनुपम रचना अबोल तबोल रहेको छ। यस अवसरमा आगामी 9 दिसम्बरमा सिलगढीको बाघाजतीन पार्कबाट एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइनेछ भने 10 दिसम्बरमा औपचारिक रूपमा पुस्तक मेलाको उद्घाटन गरिनेछ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि पुस्तक मेलामा ख्यातिप्राप्त प्रकाशकहरूको स्टल लगाइनेछ। यस वर्ष पुस्तक मेलामा मोठ 75 वटा स्टल लगाइनेछ। यसको साथै प्रत्येक दिन विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *