8 किलो 500 ग्राम गाँजासहित दुईजना पक्राउ

सिलगढी : सिलगढी थाना पुलिसले नाका चेकिङ अवधि धेरै मात्रामा गाँजासहित एउटी महिला र एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू मुर्शिदाबाद निवासी सुलेखा बीबी र साबीर फकीर सामेल छन्। सिलगढी थाना पुलिस सूत्रले दिएको जानकारी अनुसार हिजो सिलगढीको जलपाईमोड़ नजिक नाका चेकिङ अवधि कुचबिहारबाट आइरहेको एउटा यात्री वाहक बसमा छानबीन गर्दा 8 किलो 500 ग्राम गाँजा उद्धार गरेको छ। यस अवधि गाँजा तस्करहरू भाग्ने प्रयास गरे तापनि बस चालक र खलासीको सहयोगमा एउटी महिला र एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपी दुवैलाई आज सिलगढी अदालतमा पेश गरियो भने पुलिसलाई सहयोग गरेकोमा बस चालक र खलासीलाई  सम्मानित गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *