8 मईमा सिलगढीमा उत्तरबंग बडीबिल्डिङ प्रतियोगिताको आयोजना गरिने

सिलगढी : दार्जिलिङ जिल्ला बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स एसोसिएसनको तर्फबाट आगामी 8 मई समाजसेवी पुलक दास स्मारक उत्तरबंग बडीबिल्डिङ प्रतियोगिताको आयोजना गरिने भएको छ। सिलगढी नगरनिगमको 24 नम्बर वार्डको भारतनगर तरूण तीर्थ क्लबमा 8 मईको दिन साँझ 6 बजीदेखि उक्त प्रतियोगिता शुरू हुने भएको छ। संस्थाका कार्यकारी सभापति अमल आचार्यले बताएअनुसार उत्तरबंगको विभिन्न जिल्लाबाट प्रतियोगीहरूले उक्त प्रतियोगितामा अंश ग्रहण गर्नेछन्। उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान ओगट्ने प्रतियोगीहरूलाई नगद राशि, आकर्षक ट्रफी सहित सर्टिफिकेट प्रदान गरिनेछ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *