8 सयजना तृणमूल कांग्रेस छोड़ेर भाजपामा सामेल

सिलगढी : सिलगढीमा तृणमूल कांग्रेस छोडेर लगभग 800 सय समर्थकहरू भाजपामा सामेल भएका छन्। आज सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवाल, भाजपा नेत्री शिखा च्याटर्जीले भाजपामा सामेल भएकाहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। स्मरण रहोस्, सिलगढी नगरनिगमको 35 नम्बर वार्डका तृणमूल कांग्रेसका पूर्व पार्षद जयदीप नन्दी केही दिनअघि तृणमूल कांग्रेस छोड़ेर भाजपामा सामेल भएका थिए। आज तिनको नेतृत्वमा लगभग 800 जना समर्थकहरूले तूणमूल कांग्रेस छोडेर भाजपामाल सामेल भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *