8 सुत्रीय मागमा आशा कर्मीद्वारा फाँसीदेवा बीएमओएचलाई ज्ञापन

फाँसीदेवा : 8 सुत्रीय मागलाई लिएर पश्चिमबंग आशा कर्मी युनियनको तर्फबाट आज फाँसीदेवाका बीएमओएच अरूनाभ दाससित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। आशा कर्मीहरूले आज फाँसीदेवा बीडीओ कार्यालयदेखि ग्रामीण अस्पतालसम्म एउटा र्‍याली निकाल्यो। यस अवधि फाँसीदेवा थाना मोड इलाकाको सडक लगभग आधा घण्टासम्म अवरोध गरेपछि फाँसीदेवाका बीएमओएचसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। बीएमओएचले आगामी तीन हप्ताको अवधिमा बकाया राशि प्रदान गर्ने आश्वासन दिएका छन्। आशा कर्मी युनियनको पक्षबाट जय लोधले बताएअनुसार बीएमओएचले आशा कर्मीहरूको बकाया राशि प्रदान गर्ने आश्वासन दिएका छन्। यदि आगामी तीन हप्ताको अवधिमा बकाया राशि प्रदान नगरेको खण्डमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्। यस विषयमा फाँसीदेवाका बीएमओएच अरूनाभ दासले भने, आशा कर्मीहरूको सबै मागहरूबारे उच्च अधिकारीहरूलाई अवगत गराउनेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *