92 वर्षका वृद्धको साहसिक कार्यको सिलगढी पुलिसद्वारा प्रशंसा, चोरी गरेको चेनसहित चोर पक्राउ

सिलगढी : 92 वर्ष पुगेका एकजना वृद्धले गरेको एउटा साहसिक कार्यको सबैले मुग्धकण्ठले प्रशंसा गरिरहेको छ। घटनाक्रमअनुसार सिलगढीका अमलेन्दु सुरले आज बिहान सिलगढी जिल्ला अस्पताल नजिक एकजना बदमासले तिनको स्वास्नी शिप्ली रानी सुरको सुनको चेन थुतेर भागेपछि चोरको पिछा गर्दै साहस देखाएर तिनले हाशमी चोकमा चोरलाई पक्रिए। यसपछि तिनले उक्त बदमासलाई सिलगढी पुलिसको हातमा सुम्पिदिए। यसको साथै चोरी गरेको सुनको चेन पनि तिनले उद्धार गरे। अर्कोतिर, वृद्ध व्यक्तिले देखाएको साहसको सराहना गर्दै पुलिस थानामा बुजुर्ग दम्पतीलाई आवश्यक दबाई किनिदिनको साथै क्यान्टिनमा खाना खुवाएर घर पठाए। यसको साथै सिलगढी थानाका आईसी सुदीप चक्रवर्तीले आफ्नो नीजि फोन नम्बर दिएर कुनै प्रकारको असुविधा भए तत्कालै फोन गर्ने उक्त दम्पतीलाई बताए। आगामी दिनमा ती दम्पतीलाई सम्मानेर बाड़ीको सदस्य पनि बनाइने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *