9 अगस्तमा कालचिनी ब्लकमा जिल्ला स्तरीय विश्व आदिवासी दिवस पालन गरिने

अलिपुरद्वार : आगामी 9 अगस्तको दिन अलिपुरद्वारमा जिल्लाको कालचिनी ब्लकमा जिल्ला स्तरीय विश्व आदिवासी दिवस पालन गरिने भएको छ। यसको लागि प्रस्तुति कमिटी गठन गरिएको छ। कालचिनी ब्लक कार्यालयका सबै आदिवासी सम्प्रदायका प्रतिनिधिहरूलाई लिएर आज एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा प्रस्तुति कमिटी गठन गरियो भने राजकमल भगतलाई कमिटीको संयोजकको रूपमा चयन गरिएको छ। आजको बैठकमा कालचिनी ब्लकको विभिन खण्डका आदिवासी संगठनका प्रतिनिधिहरू उपस्थित थिए। कालचिनीका बीडीओ प्रशान्त बर्मनले अलिपुरद्वारको कालचिनी ब्लकमा जिल्ला स्तरीय विश्व आदिवासी दिवस पालन गरिने भएकोले आज आदिवासी संगठनका प्रतिनिधहरूलाई लिएर एउटा बैठक गरिएको बताए। प्रस्तुति कमिटीका संयोजक राजकमल भगतले अलिपुरद्वार जिल्लाको मुण्डा, राभा, मेच, गारो, उराव सबै जनजातिलाई लिएर आगामी 9 अगस्तमा विश्व आदिवासी दिवस पालन गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *