खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभा सभापति मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभाको निर्णय अनुसार खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा सम्पन्न हुने शहीद गोल्ड कपको 9औँ संस्करण आगामी अप्रेल महिनाको पहिलो सातादेखि शुरू हुने भएको छ। यसपाली 9औँ शहीद गोल्ड कप संघको दिवङ्गत सदस्य महावीर राईको नाममा खेलाइने भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघका सचिव निर्मल गुरुङले 9औँ शहीद गोल्ड कप संघका सदस्य दिङ्वगत महावीर राईको स्मृतिमा आगामी महिना अप्रेलको पहिलो सातादेखि खेलाइने बताए। यसपाली 9औँ शहीद गोल्ड कप सदा झैँ वृहत नभएर केही सानो रूपमा आयोजना गरिनेछ भने मोठ 12 वटा टीममध्ये केवल 8 वटा टीमहरूलाई लिएर आयोजना गरिने तिनले बताए।
