9 वर्षीय शिशुसँग दुष्कर्मको प्रयास गर्ने युवक पक्राउ

सिलगढी : चकलेटको प्रलोभन देखाएर 9 वर्षीय शिशुसित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा एकजना युवकलाई एनजेपी पुलिसले पक्राउ गरेको छ। तिनलाई आज पुलिसले जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार सिलगढीको कावाखाली संलग्न पोड़ाझाड़ इलाकामा गत 15 जुनको दिन धीरेन व्यापारी नाम गरेका युवकले 9 वर्षीय शिशुलाई आफ्नो घरमा लगेर चकलेटको प्रलोभन देखाएर दुष्कर्म गर्ने प्रयास गरेको बताइएको छ। धीरेनका परिवारका सदस्यहरूले उक्त घटना प्रत्यक्ष रूपमा देखे। यसपछि गाउँलेहरू घटनाको जानकारी पाएपछि आरोपी धीरेनले घटनास्थलबाट सुइँकुच्चा ठोके। पीडित शिशुको परिवार पक्षबाट उक्त घटनाबारे एनजेपी पुलिस थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले हिजो राति उक्त युवकलाई पक्राउ गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *