9 फुट लामो अजिङ्गर उद्धार

सिलगढी : डाबग्राम 2 नम्बर अञ्चलको भोलानाथपाडा इलाकामा 9 फुट लामो अजिङ्गर उद्धार भएको छ। स्थानीय मानिसहरूले बताएअनुसार उक्त इलाकामा समय-समयमा अजिङ्गर भेट्टाइने गर्दछ। तिनीहरूले आज बिहान इलाकामा अजिङ्गर देखेपछि यसबारे डाबग्राम बैकुण्ठपुर वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरे लगेको छ भने उक्त अजिङ्गरको उपचारपछि जङ्गलमा छोडिदिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *