9 एमएम पिस्तोलसहित देवानन्द जोशी सिलगढीबाट पक्राउ

सिलगढी: गोप्य सूचनाको आधारमा सिलगढी थाना पुलिसले अभियान चलाएर गंगा नगर इलाकाबाट गत राति देवानन्द जोशीलाई 9 एमएम पिस्तोल सहित पक्राउ गरेको छ। उक्त उद्धार गरेको पिस्तोल बिहारबाट ल्याएर तिनलाई दिएपछि यसको तस्करी गर्ने देवानन्दको योजना रहेको थियो। बिहार र सिलगढीमा हथियार तस्करी गर्ने एउटा समूह निक्कै सक्रिय रहेको बताइएको छ।


पक्रा परेका आरोपी देवानन्द जोशीलाई आज सिलगढी अदालतमा पेश गरियो। सिलगढी थाना पुलिसले आरोपीलाई हिरासतमा लिएर गहन सोधखोज गरेर यस घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *