9 नम्बर वार्ड को-अर्डिनेटरको पहलमा वृद्धाहरूलाई कानकी धामको यात्रा

सिलगढी : सिलगढी नगरनिगमको 9 नम्बर वार्ड को-अर्डिनेटर प्रदीप गोयलको पहलमा इलाकाको वृद्धा तथा नयाँ पिँढीहरूलाई लिएर कानकी धाम यात्राको आयोजना गरियो। आज लगभग 700 जना मानिसहरूलाई बसको माध्यमद्वारा कानकी धाम यात्रामा लैजाने भएको छ भने सबैको लागि भोजनको व्यवस्था पनि गरिएको छ। तृणमूल जिल्ला अध्यक्ष रञ्जन सरकारले एसएफ रोडबाट यात्राको शुभारम्भ गरे। प्रत्येक वर्ष वार्डका वृद्धाहरूलाई विभिन्न मन्दिरको दर्शन साथै वनभोज लैजाने गरेको प्रदीप गोयलले बताए। यस वर्ष तिनीहरूलाई वनभोजको बद्ली कानकी धाम लैजाने तिनले बताए। को-अर्डिनेटरको उक्त पहलको रञ्जन सरकार लगायत अन्यले प्रशंसा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *