9 सूत्रीय मागमा एनएफ रेलवे मजदुर युनियनको सिलगढी शाखाद्वारा प्रदर्शन

सिलगढी : नयाँ पेन्सन स्किम रद्द गरिनुपर्ने, रेलवे क्वार्टरहरूको मरमति लगायत 9 सूत्रीय मागमा देशभरिमा झैँ यता सिलगढीमा पनि एनएफ रेलवे मजदुर युनियनको सिलगढी शाखाले भोक हड़ताल तथा धरना प्रदर्शन शुरू गरेको छ। आज बिहान युनियनको तर्फबाट सिलगढीको जङ्क्शन रेलवे स्टेशन अघि भोक हड़ताल तथा धरना प्रदर्शन गरियो। यस सम्बन्धमा एनएफ रेलवे मजदुर युनियनका केन्द्रीय उपाध्यक्ष प्रशान्त कुमार धरले भने, नयाँ पेन्सन पेन्सन योजना रद्द गरेर पुरानो पेन्सन सिस्टम चाँडै शुरू गरियोस्। यदि आफूहरूको माग पुरा नभएको खण्डमा आगामी दिनमा बृहद आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *