9 सूत्रीय मागमा पश्चिमबंग राज्य सरकारी पेन्सनर्स समिति-द्वारा धरना प्रदर्शन

सिलगढी : नित्य प्रयोजनीय समानको मूल्य वृद्धि, बेरोजगार युवा-युवतीहरूलाई नोकरी लगायत 9 सूत्रीय मागलाई लिएर आज पश्चिमबंग राज्य सरकारी पेन्सनर्स समितिले सिलगढी कञ्चनजङ्घा क्रीडाङ्गन संलग्न इलाकामा धरना प्रदर्शन गर्यो। दार्जिलिङ जिल्लाको विभिन्न ठाउँ लगायत पहाडबाट आएका पश्चिमबंग राज्य सरकारी पेन्सनर्स समितिका सदस्यहरूले उक्त धरना प्रदर्शनमा अंश ग्रहण गरेका छन्। धरना प्रदर्शनको माध्यमद्वारा तिनीहरूले विविध माग गर्नको साथै जिल्लाशासकलाई एउटा ज्ञापन पत्र पनि चढाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *