आबकारी विभागद्वारा नकली रम-रक्सी बनाउने स्प्रीट उद्धार

बाघडुग्रा : आबकारी विभागले नकली रम-रक्सी बनाउनको लागि प्रयोग गर्ने स्प्रीट उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा आबकारी विभागको बाघडुग्रा सर्कलका कर्मीहरूले आज बाघडुग्राको गोसाईपुर संलग्न कलेजपाडास्थित एउटा घरमा छापामार अभियान चलाएर 25 लिटर नकली स्प्रीट उद्धार गरेको छ। तथापि, घटनामा कसैलाई पक्राउ गर्न सकिएन। आबकारी विभागको बाघडुग्रा सर्कलका ओसी सुभाष हल्दारले बताएअनुसार सम्भवतः नकली रम-रक्सी बनाउनको लागि उक्त स्प्रीट जम्मा गरेर राखेको थियो। आगामी दिनमा यस प्रकारको अभियान चलाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *