आँधी-तुफानले फुलबारीमा तीन वटा दोकान क्षतिग्रस्त

राजगञ्ज: आँधी-तुफानको कारणले गर्दा  फुलबारीमा तीन वटा दोकान क्षतिग्रस्त भएको छ। घटना क्रम अनुसार मंगलवार राति अचानक तीव्र गतिमा आएको हावा-बतास पछि आएको आँधी-तुफानले फुलबारी 2 नम्बर ग्राम पञ्चायतको बटालियन मोड़ इलाका ठूलो फलामको ब्यानर पल्टिँदा तीनवटा दोकान क्षतिग्रस्त भएको छ। दोकानदारहरूको भनाई अनुसार राति आँधी-तुफान आएकोले गर्दा फलामको ब्यानर दोकानमाथि झर्दा तीनवटा दोकान क्षतिग्रस्त भएको छ। यसै दोकानले तिनीहरूको परिवारको गुजारा हुने गरेको जानकारी दिँदै पिडित दोकानदारहरूलाई क्षतिपुर्ती  दिनु पर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *