आँधी-तुफानले घर क्षतिग्रस्त, चुनाउ समाप्त भएपछि सहयोग गर्ने गौतम देवले गरे वाचा

सिलगढी : छोरीको बिहेको एक दिनअघि हुरी बताससितै परेको अधिक पानीले घर क्षतिग्रस्त भएपछि फुलबारी 1 नम्बर ग्राम पञ्चायतको जामुरीभिटा निवासी वैद्यनाथ रायले सहयोगको अपील गरेका छन्। प्राप्त जानकारीअनुसार वैद्यनाथ रायले मानिसहरूको सहयोगमा छोरीको बिहे गर्ने व्यवस्था मिलाएको थियो भने बिहे अघि नै आफन्ताहरू घरमा आउन शुरू भइसकेको थियो। तर हिजो अचानक आएको आँधी-तुफानले गर्दा रुख लडेर तिनको घरमाथि झर्दा धेरै क्षति भएको छ। घरको सर-समान, बिहेको लागि बनाइएको पन्डाल लगायत बिहेको सर-समानहरू नष्ट भएको बताइएको छ। यसपछि तिनले सबैसित सहयोगको अपील गरे। धेरैजना मानिसहरू तिनको सहयोगको लागि अघि आएका छन्। आज घटनाबारे थाहा पाएपछि गौतम देव पनि असहाय परिवारसित भेट गर्न तिनको घर पुगेर बेहुलीलाई आशीर्वाद दिइन्। विधानसभा चुनाउ समाप्त भएपछि तिनीहरूको सहयोग गर्ने गौतम देवले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *