आदिवासी व्यक्तिको मृत्युलाई केन्द्र गरेर नक्सलबारीमा व्यापक तनाउ, सडक अवरोध गरेर विरोध प्रदर्शन

नक्सलबारी : नक्सलबारीको हात्तीघिसामा एकजना आदिवासी व्यक्तिको मृत्युपछि इलाकामा तनाउको माहौल देखापर्यो। आदिवासी समुदायका मानिसहरूले आज बिहानैदेखि पथ अवरोध गरेर विरोध प्रदर्शन गरिरहेका छन्। प्राप्त जानकारी अनुसार गत राति सुधीर नागासिया नाम गरेका एकजना व्यक्ति आफ्ना छोरासित नक्सलबारी अस्पतालतर्फ गइरहेको समय मातेको अवस्थामा एकजना युवकले तिनको वाहन रोकेर तिनलाई कुटपीट गरेको आरोप रहेको छ। यसपछि स्थानीय मानिसहरूले तिनलाई नक्सलबारी अस्पतालमा भर्ना गरेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल रेफर गरिदिए तापनि त्यहीँ नै तिनको मृत्यु भएको बताइएको छ। घटनाबारे मृतकका परिवारका सदस्यहरूले राति नक्सलबारी थानामा अभियोग दर्ता गरेको छ। उक्त घटनालाई केन्द्र गरेर आज बिहानैदेखि इलाकामा तनाउको माहौल देखापरेको छ। आदिवासी समुदायका मानिसहरूले नक्सलबारीको हात्तीघिसामा सडक जाम गरेर, टायर जलाएर विरोध प्रदर्शन गर्नको साथै केही घरहरूमा तोडफोड गरेर आगो लगाइदिएको छ। यस अवधि प्रदर्शनकारीहरूले घटनामा सामेल व्यक्तिलाई चाँडै नै पक्राउ गरिनुपर्ने माग गरेका छन्। यसो नगरेको खण्डमा पथावरोध जारी राख्ने तिनीहरूले चेताउनी दिएका छन्। घटनाको खबर पाएर जिल्ला पुलिसका अतिरिक्त पुलिस अधीक्षक, नक्सलबारीका बीडीओ अरिन्दम मण्डल, सिलगढी महकुमा परिषदका सभाधिपति अध्यक्ष अरुण घोष लगायत प्रशासनका अन्य अधिकारीहरू घटनास्थलमा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes