आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

सिलगढी: आफ्नै बाबुको हत्या गरेको छोरामाथि आरोप लगाइएको छ। यो घटना सिलगढीको 38 नम्बर वार्डको उत्तर सुकान्तनगर इलाकामा घटेको हो। मृतकको नाम मनोरञ्जन साहा (90) रहेको छ। तिनी दिनहुँ जसो मदपान गरेर इलाकामा घुमिरहन्थे। स्थानीय मानिसहरूले आरोप लगाए अनुसार तिनका छोरा गौतम साहा पनि मदपान गर्थे। आज अपरान्ह परिवारको एकजना सदस्यले मनोरञ्जन साहाको शव घरको बरन्डामा देखे। यसपछि वार्ड पार्षद अनि पुलिसलाई घटनाबारे जानकारी दिए। खबर पाउन साथ आशीघर आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर आरोपी गौतम साहालाई पक्राउ गरे। पुलिस सूत्र अनुसार गौतम साहाले गत राति नै आफ्नो बाबुलाई गह्रौं चिजले टाउकोमा हिर्काएको ले गर्दा तिनको मृत्यु भएको हो। अर्कोतिर, घटनाको खबर पाउन साथ वार्ड पार्षद दुलाल दत्त घटनास्थलमा पुगे। तिनले बताए अनुसार बाबु-छोरा दुवै मदपान गर्थे। यसैले तिनीहरूको घरमा सधैं नै झगडा भइरहन्थ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *