आफ्नै छोरीसित दुष्कर्म गर्ने बाबुलाई 1 लाखसहित आजीवन कारावासको सजाय

कालेबुङ: आफ्नै 13 वर्षीय नाबालिका छोरीसित एकाधिक पल्ट शारीरिक दुष्कर्म गर्ने 43 वर्षीय एकजना व्यक्तिलाई आज कालेबुङ जिल्ला न्यायालयले 1 लाख रुपियाँको जरिमाना साथै सश्रम आजीवन कारावासको सजाय सुनाएको छ। अधिवक्ताद्वय निशा राई अनि राजीव पराजुलीले यसबारे जानकारी दिए अनुसार गत 23 मार्च 2020 को दिन उक्त घटनालाई लिएर कालेबुङ थानामा एउटा मुद्दा दर्ता गरिएको थियो भने उक्त घटना पछि भागेका आरोपी बाबुलाई कालेबुङ पुलिसको सव इन्सपेक्टर शोभना सेवाको टीमले गत 30 मार्चको दिनको पक्राउ गरेपछि अदालतमा सुनवाइ भइरहेको थियो। यसैक्रममा आज अदालतले आरोपीलाई एक लाख रुपियाँको जरिमाना साथै सश्रम आजीवन कारावासको सजाय सुनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *