आफ्नै दाजुलाई धारिलो हतियारले प्रहार गरे भाईले

सिलगढी : सिलगढी नगरनिगमको चार नम्बर वार्डस्थित ग्वालापट्टी इलाकामा आज सामान्य विवादले गर्दा भाईले आफ्नै दाजुलाई धारिलो हतियारले प्रहार गर्दा गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि आरोप भाइले घटनास्थलबाट सुइँकुच्चा ठोकेका छन्। प्राप्त जानकारी अनुसार आज साँझ लगभग 5 बजी ग्वालापट्टी इलाका निवासी एमडी सिराज र तिनका भाई एमडी रियाजमाझ केही विषयलाई लिएर विवाद हुँदा रियाजले आफ्नो दाजुलाई सिराजलाई धारिलो हतियारले प्रहार गर्दा गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइते सिराजलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा भर्ना गरेको छ। घटनाको खबर पाएर खालपाड़ा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। आरोपी रियाजले मदपान गरेको अवस्थामा आफ्नो दाजुमाथि धारिलो हतियारले प्रहार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *