आफ्नै खर्चमा तीनधारे मिठाई डाँडाका युवाहरूले गरे गाउँ घरमा सेनिटाइज

खरसाङ : कोरोनाको दोस्रो लहरको भयानक स्थितिलाई मध्यनजर राख्दै तीनधारेको मिठाई डाँडा लालमट्टीका युवाहरुले आफ्नो गाउँ आफ्नो कर्तव्य भन्ने सोंच राखेर आफ्नो निजी खर्चमा आज सम्पूर्ण गाउँ सेनिटाइज गऱ्यो। युवाहरुले गाउँको प्रत्येक घरमा सेनिटाइज गर्दै घर-घरमा गएर परिवारको सदस्यहरुलाई अनिवार्य रुपमा मास्क लगाइदिने, समाजिक दुरत्व कायम राख्ने, आफ्नो पालोमा अनिवार्य रुपमा भ्याक्सिन लगाइदिने, घर वरिपरि सफा सुग्घर राखिदिने निवेदन पनि गरे।


कोरोनाको दोस्रो लहर भयानक रुपमा देशमा फैलिरहेको समय हाम्रो क्षेत्र पनि कोरोनाबाट अछुत रहन सकेको छैन भन्दै युवाहरूले हाम्रो क्षेत्रमा पनि कोरोना संक्रमितहरूको मामिला जानकारीमा आइरहेकोले वर्तमान कोरोनाबाट बाँच्न आफ्नो आत्मबल र आवश्यक नियमवाली हो भनी युवाहरुले गाउँ घरमा मानिसहरूलाई सचेत गराए। यस सेनिटाइज कार्यमा स्थानीय वासिन्दा हिमाल तामाङ, ग्यालचेन तामाङ, सत्यम छेत्री, बिक्की ठटाल, विजय लामा, आर्दश माझी, रन्जित लोहार, विशाल भट्टराई, शैलेन्द्र रुम्बा,सञ्जय कार्कीडोली, सन्जोग मोथे, गणेश गहतराजको विशेष उपस्थिति थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *