आफ्नो अपराधहरू लुकाउन तृणमूल नेताहरूले अनावश्यक बयान दिइरहेका छन्: अशोक भट्टाचार्य

सिलगढी : आफ्नो अपराधहरू लुकाउनको लागि तृणमूल नेताहरूले हाल अनावश्यक बयानहरू दिइरहेको सिलगढी नगरनिगमका पूर्व मेयर तथा विधायक अशोक भट्टाचार्यले आरोप लगाएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै आज तिनले यस प्रकारको मन्तव्य पोखेका हुन्। स्मरण रहोस्, गत बुधबार तृणमूल कङ्ग्रेसका केही नेताहरूले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सीपीएम नेताहरूकोमा अवैध सम्पत्ति रहेको आरोप लगाएका थिए। जसमा वामफ्रन्टका शीर्ष नेता तथा पूर्व विधायक अशोक भट्टाचार्यको नाम पनि सामेल गरिएको थियो। यसपछि अशोक भट्टाचार्यले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तृणमूल नेताहरूमाथि उल्टै कटाक्ष कस्दै भने, कोलकातामा मेरो पुर्ख्यौली सम्पत्ति र भाडाको सरकारी आवास बाहेक अरू कुनै सम्पत्ति छैन। तृणमूल नेताहरूले आफ्नो अपराधहरू लुकाउनको लागि अनावश्यक कुराहरू गरिरहेका छन्। कानुनी रूपमा यसको तिनीहरूले जाँच गर्न सक्नेछन्। यसको साथै त्यसको जवाफ पनि कानुनी रूपमा दिइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetvolemobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetkargabetperabet girişİmajbetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes