आफ्नो घर बनाउँदा गोरूबथानको छोटा फागु चियाकमानमा महिला श्रमिकलाई हट्टाबाहरको नोटिस

गोरुबथान : कालेबुङ जिल्लाको गोरूबथान ब्लक अन्तर्गत पर्ने छोटा फागु चियाकमानको प्रबन्धकले स्थानीय एकजना चिया श्रमिकले कमानको जमिनमा घर निर्माण गरेको आरोपमा सो श्रमिकलाई हट्टाबाहरको नोटिस पठाएपछि उक्त घटनालाई लिएर इलाकामा निकै हो-हल्ला मच्चिनको साथै उक्त घटनालाई लिएर धेरैजनाले विरोध जनाइरहेका छन्। प्राप्त जानकारी अनुसार फागु चियाकमानको एकजना श्रमिकले कमानबाट घर नबनाइ दिएपछि तिनले आफ्नै लगानीमा घर निर्माण गरिरहेका थिए। उक्त घर निर्माण गरिरहेकोबारे थाहा पाएपछि नै कमानका प्रबन्धकले सो चिया श्रमिकलाई कामबाट निष्कासित गर्दै सम्पूर्ण बकाया राशी प्रदान गरेर हट्टाबाहर गरेको नोटिस जारी गरेको बताइएको छ। उक्त घटनालाई लिएर पीडित महिला श्रमिकले आफुमाथि चिया प्रबन्धन पक्षले अन्याय गरेको दुखेसो पोखेका छन्। चिया कमानमा अन्य मानिसहरूले यसभन्दा अघि धेरैजनाले सिमेन्टेड घर बनाए तापनि तिनीहरूलाई चिया कमान प्रबन्धनपक्ष तथा प्रबन्धकले केही कार्वाही नगरेको तर आफुलाई बस्न असुविधा भएपछि नै आफ्नो खर्चले घर बनाउँदा कमानको कामबाट निकाल्नको साथै कमान छोडेर जाने नोटिस दिएको महिला श्रमिकले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *