आफ्नो ईमान्दारिताले गर्दा पार्टीको टिकट पाएको : पीटी ओला

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाको स्थापना कालदेखि आफ्नो ईमान्दारिताको कदर गर्दै पार्टीले आफूलाई दार्जिलिङ विधानसभा आसनबाट प्रार्थी चयन गरेको पीटी ओलाले बताए। जनताले स्वीकार गरेर आउँदो विधानसभा चुनाउमा आफ्नो बहुमूल्य मतदान खसालेर विपुल मतले विजयी बनाउने कुरामा आफू विश्वस्त रहेको तिनले बताए। अर्कोतिर, तिनले अन्य विपक्षी दलका उम्मेदवारहरूको बारेमा कुनै प्रकारको टीका-टिप्पणी गर्न नचाहेर तिनीहरूसित स्वस्थ प्रतिस्पर्धाको रूपमा चुनाउ लड्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *