आफ्नो जीत मात्र होइन, सिलगढी नगरनिगम चुनाउमा तृणमूलको जीत निश्चित छ : रञ्जन सरकार

सिलगढी : काउन्सिलर अरबिन्द घोषको मृत्युपछि लगभग 5 वर्षदेखि सिलगढी नगरनिगमको 15 नम्बर वार्ड अभिभावकविहीन थियो। उक्त अभिभावकविहीन वार्डको अभिभावक हुने लक्ष्य राखेर तृणमूल नेता रञ्जन सरकार आउँदो नगरनिगम चुनाउमा खडा भएका छन्। तिनले प्रतिदिन उक्त वार्डको विभिन्न इलाकाको घर-घरमा गएर चुनाउ प्रचार गरिरहेका छन्। तथापि, उक्त वार्डमा वाम, कङ्ग्रेस तथा भाजपा प्रार्थीहरूले पनि चुनाउ प्रचार गरिरहेका छन्।


15 नम्बर वार्डका तृणमूल प्रार्थी रञ्जन सरकारले चुनाउ प्रचारमा कुनै कमी नराख्नको साथै नगरनिगम चुनाउमा विरोधी पार्टीलाई कुनै महत्व दिन चाहेका छैनन्। नगरनिगम चुनाउमा केवल 15 नम्बर वार्डमा आफ्नो जीत मात्र नभएर सिलगढी नगरनिगममा यसपल्ट तृणमूलले दखल गर्ने तिनले दावी गरेका छन्। तिनले बताएअनुसार यसपल्टको चुनाउमा सिलगढी सहरका मानिसहरूले तृणमूल प्रार्थीहरूलाई मतदान गरेर सिलगढी नगरनिगम बोर्ड गठन गर्ने निश्चित छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *