आफ्नो नाममा फेक अकाउन्ट बनाएर रुपियाँ मागेकोबारे पुलिस अधिकारीद्वारा साइबर क्राइममा मामिला दर्ता

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको एकजना अधिकारीको नाममा सोशल मीडियामा फेक अकाउन्ट बनाएर रुपियाँ मागेको घटना प्रकाशमा आएको छ। उक्त पुलिस अधिकारी कमलकृष्ण साहाले यसबारे आज सिलगढीको साइबर क्राइम कार्यालयमा मामिला दर्ता गरेका छन्। पुलिस अधिकारी कमल कृष्ण साहाले बताएअनुसार तिनको नाममा सोशल मीडियामा एउटा फेक अकाउन्ट बनाएर चिनाजाना मानिसहरूलाई रुपियाँ मागेको बारे हिजो तिनको आफन्तले जानकारी गराएपछि छानबीन गर्दा सोशल मीडियामा तिनको नाममा एउटा फेक अकाउन्ट बनाएको कुरा सही रहेको थाहा पाए। यसपछि तिनले सोशल मीडिया अकाउन्टमा आफ्नो नाममा फेक अकाउन्ट बनाएको साथै अकाउन्टको माध्यमद्वारा चिनाजानाहरूलाई रुपियाँ माग्ने गरेकोबारे सबैलाई जानकारी गराउँदै यस्तो फेक अकाउन्टको भरमा कसैले पनि रुपियाँ नदिने तिनले अपील गरेका छन्। स्मरण रहोस्, हालसम्म सिलगढी पुलिस कमिश्नर लगायत 4 जना पुलिसकर्मीहरूको नाममा सोशल मीडियामा फेक अकाउन्ट बनाएर रुपियाँ ठग्ने गरेको मामिला प्रकाशमा आइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *