आफू सय प्रतिशत विधायक हुने निश्चित : पीटी ओला

बिजनबारी: दार्जीलिङ विधानसभा क्षेत्रका गोजमुमो विमलखेमा प्रत्याशी पीटी ओलाले आज विहानैदेखि चुङथुङ मेरीबोङ तामसाङ समष्टि चुनावी भ्रमण गर्दै साँझपख लोअर चुङथुङ 12 गोलाइमा आइपुगेका थिए। उनले यहाँ पथसभा लाई समबोधन गर्दै भने म जहाँ जहाँ गए विमल गुरूङ जिन्दावाद र पीटी ओला जिन्दावाद भन्दै समर्थकहरुको जति भीड़ देखें र जतिले मलाई खदा लगाइदिए त्यो देखेर नै आफू सयप्रतिशत विधायक हुने निश्चित रहेको छु। पथसभालाई गोजमुमो केन्द्रीय उपाध्यक्ष आर पी वाइबा,महकुमा सचिव शरण लामा, विधान राई अनि शाखा सभापति सरन गुरूङले पनि सम्बोधन गरेका थिए। यस पथसभामा समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *