आँगनबाडी कर्मचारीहरूद्वारा सभासद श्रीमती कल्पना प्रधानलाई संवर्द्धना एवम् पोषण समारोह पालन

खरसाङ: खरसाङको आइसीडीएस प्रोजेक्ट अन्तर्गत सेन्ट मेरिज 3 ग्राम पञ्चायतको सम्पूर्ण आँगनबाडी कर्मचारीहरूको तर्फबाट संवर्द्धना एवम् पोषण समारोह पालन गरियो। कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका महिला तथा बाल विकास विभागका विभागीय सभासद श्रीमती कल्पना प्रधानलाई आँगनबाडी कर्मचारीहरुद्वारा संवर्द्धना जनाइयो। मान्थी सुनारले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता क्षेत्रीय सुपरभाइजर ज्योति राई, मुख्य अतिथि कार्यकारीणी सभासद श्रीमती कल्पना प्रधान अनि प्रमुख अतिथि सेमसन तामाङ खरसाङ आसीडीएस अधिकारी रहेका थिए।


कार्यक्रममा पोषण विषयमा बबिता लामाले वार्ता प्रस्तुत गरिन् भने सभासद श्रीमती कल्पना प्रधानलाई प्रदान गरिएको संवर्द्धना पत्र श्रीमती हिमाकुमारी सुब्बाले पठन गरिन्। उक्त कार्यक्रम सुरू हुन अघि आज गाडीधुरा बजारमा एउटा र्याली निकालिइयो, जसमा सामेल आँगनबाडी कर्मचारीहरूले आ-आफ्नो हातमा पोषण सम्बन्धित लेखिएका विविध प्ला कार्डहरू बोकेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *