आँगनबारी कर्मी तथा सहकर्मीहरूसित विभागीय सभासद कल्पना प्रधानले गरिन् सभा

खरसाङ (निसं): खरसाङ खण्डको गाडीधुरा सार्वजनिक भवनमा सन्त मेरिज-3 ग्राम पञ्चायत अन्तगर्त रहेका आँगनबारी कर्मी साथै सहकर्मीसँग एउटा महत्वपूर्ण सभा सम्पन्न भयो। उक्त सभामा जीटीए महिला एवम् बाल कल्याण विभागका कार्यकारी सभासद कल्पना प्रधान, नारी शक्ति केन्द्रीय समिति महासचिव मैया ठाकुरी, नारी शक्ति केन्द्रीय समिति सदस्य जैतून निशा खाती, सन्त मेरिज-3 ग्राम पञ्चायत प्रधान एवम् पंखाबारी लङ्गभ्यु अम्बटे समष्टि सभापति मनिराज डुम्जन, सन्त मेरिज –39 ग्राम पञ्चायत उप-प्रधान एवम् केन्द्रीय समिति सदस्य सन्तोष लामा, समष्टि प्रवक्ता विनोद परियार आदिको विशेष उपस्थिति रहेको थियो।


सभालाई सम्बोधन गर्दै कार्यकारी सभासद कल्पना प्रधानले जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा जीटीए क्षेत्र अन्तगर्त सह कर्मीहरूको पदोन्नतीको निम्ति शैक्षिक योग्यता बाह्रौँ श्रेणीको साटो माध्यमिक परीक्षा उत्तीर्ण गराइएको जनाइन्। तिनले आँगनबारी कर्मी साथै सह-कर्मीहरूको समस्याहरू सुनिन् साथै यसको निवारण गर्न आगामी दिनमा विभागीय अधिकारीहरूसित आँगनबारी केन्द्रहरूको भ्रमण गर्ने बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *