आगलागीमा मतिगढाको रंग गोदाम जलेर भष्म, 2 घण्टाको कठोर प्रयासमा आगोलाई ल्याइयो नियन्त्रणमा

सिलगढी (निसं): मतिगढा थाना संलग्न बजारस्थित एउटा रंगको गोदाममा आज अपरान्ह अचनाक आगो लागेपछि इलाकामा हो-हल्ला मच्चियो। तथापि दमकल विभागको चार वटा इञ्जिन अनि एनडीआरआफ-को टीमको सहयोगमा लगभग 2 घण्टापछि आगोलाई नियन्त्रणमा ल्याइयो। जानकारी अनुसार मतिगढा थाना संलग्न बजारस्थित एउटा रंगको गोदाममा आज अपरान्ह आगो लागेको देखे पछि मतिगढा थानालाई यसबारे जानकारी दिए। यसपछि घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुग्न साथ दमकल विभागलाई यसको जानकारी गराए। मतिगढा दमकल केन्द्रबाट दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई निभाउने काम गऱ्यो। यसैगरी, केही समय पछि सिलगढी दमकल केन्द्रबाट पनि 2 वटा इञ्जिन घटनास्थलमा आइपुगेको थियो। तर पनि आगोले विकराल रूप धारण गरेपछि एनडीआरआफ-को टीमलाई बोलाए पछि दुवै टोलीको अथक प्रयासमा लगभग 2 घण्टापछि आगोलाई पूर्ण नियन्त्रणमा ल्याइयो। आगलागीमा रंगको गोदाम पूर्ण रूपले जलेर भष्म भएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *