आगलागीबाट कसरी बाँच्न सकिन्छ भन्नेबारे अग्निशमनको पहल

सिलगढी : सिलगढी सहरको विभिन्न ठाउँहरूमा गत केही समय अघिदेखि एकपछि अर्को गर्दै अग्निकाण्डको घटना घटेपछि यसलाई केन्द्र गरेर अग्निशमन विभागका अधिकारीहरूले विशेष अभियान चलायो। प्राप्त जानकारीअनुसार धेरैजसो ठाउँहरूमा आगलागीबाट रोकथामको लागि चाहिने आवश्यक पहल तथा सामाग्रीहरू नराख्नाले नै आगलागीको घटनालाई नियन्त्रणमा ल्याउन असफल भइरहेको अग्निशमन विभागको भनाइ रहेको छ। अग्निशमन अधिकारीहरूको टोलीले आज मतिगढाको एउटा गैर सरकारी अस्पतालमा विशेष अभियान चलाएर अस्पतालमा अगो निभाउने यन्त्रको व्यवस्था, आपतकालीन साइरन, आगलागी भएपछि उपचाराधीन रोगीहरूलाई स्थानान्तरित गरिने व्यवस्थालगायत विविध विषयको निरीक्षण गर्यो। यस विषयमा अस्पताल कर्तृपक्षले बताएअनुसार दमकल विभागको यस प्रकारको अभियानले सबै गैर सरकारी अस्पताललगायत विभिन्न संस्थाहरू अझ सचेत रहनेछन्। यसबाहेक आगलागी भए कसरी बाँच्न सकिन्छ भन्नेबारे अस्पताल कर्तृपक्षलगायत त्यहाँका कर्मीहरूलाई अग्निशमनका अधिकारीहरूले जानकारी दिए। सिलगढी अग्निशमन विभागका अधिकारी भाष्कर नागले सिलगढी सहरलगायत यसको छेउछाउका इलाकामा यस प्रकारको अभियान लगातार चलाइरहने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes