आगलागीमा 3 वटा दोकान जलेर भष्म

सिलगढी : सिलगढी नगरनिगमको 39 नम्बर वार्डस्थित हैदरपाडा बजारमा आगलागी हुँदा 3 वटा दोकान जलेर खरानी भएको छ। प्राप्त जानकारीअनुसार हिजो अबेर राति हैदरपाडा बजारमा आगलागी हुँदा स्थानीय मानिसहरूले यसबारे अग्निशमन विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि आगलागीमा एउटा पान दोकान, एउटा जुत्ता दोकान र एउटा भाँडाकुडाको दोकान जलेर नष्ट भएको बताइएको छ। सर्ट सर्किटको कारण उक्त आगलागी भएको दमकल कर्मीहरूले प्राथमिक अनुमान लगाएको छन्। उक्त आगलागीमा लाखौँ रुपियाँको क्षय-क्षति भएको व्यवसायीहरूको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *