आगलागीमा 4 वटा दोकान जलेर खरानी

कुचबिहार : कुचबिहार जिल्लाको शीतलकुची बजारमा आगलागीमा चारवटा दोकान जलेर खरानी भएको छ। प्राप्त जानकारीअनुसार गत आइतबार अबेर राति कुचबिहार जिल्लाको शीतलकुची बजारमा आगो लागेपछि उक्त आगोलाई निभाउने प्रयास गर्दा 5 जना व्यवसायी घाइते भएको बताइएको छ। ती 5 जना व्यवसायीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपाचार गरेपछि छुट्टी दिएको छ।


आगलागीको खबर पाएर शीतलकुची थाना पुलिस र दमकलको 4 वटा इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याए तापनि 4 वटा दोकान जलेर खरानी भएको बताइएको छ। उक्त आगलागीमा लगभग 70 लाख रुपियाँको क्षति भएको व्यवसायीहरू बताउँछन्। सम्भवतः सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने प्राथमिक जाँचपछि दमकल सूत्रमार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *