आगलागीमा दोकान जलेर नष्ट

इस्लामपुर : इस्लामपुर थानाको कालनागिन बजार इलाकामा आगलागीमा एउटा दोकान जलेर खरानी भएको छ। प्राप्त जानकारीअनुसार इस्लामपुर थानाको कालनागिन इलाकामा गत अबेर राति आगो लागेपछि स्थानीय मानिसहरूको सहयोगमा आगोलाई निभाउन सफल भए तापनि दोकान पूर्ण रूपमा जलेर स्वाहा भएको बताइएको छ। उक्त आगलागीमा लगभग साढ़े तीन लाख रुपियाँको सम्पत्तिको नोक्सान भएको पीडित दोकान मालिकले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *