आगलागीमा दुईवटा गोदामसहित प्राथमिक पाठशालामा क्षति

सिलगढी: सिलगढीको विवेकानन्द रोडस्थित गोदाममा गत राति लागेको भयावह आगलागीमा दुईवटा गोदामसहित प्राथमिक पाठशालालाई क्षति पुऱ्याएको छ। सिलगढीको 7 नम्बर वार्डको विवेकानन्द रोडको एउटा गोदाममा आगो लागेपछि व्यापक हो-हल्ला मच्चियो। गत राति स्थानीय मानिसहरूले गोदामबाट धुवाँ निस्किरहेको देखेपछि यसबारे तत्कालै दमकल विभागलाई जानकारी दिए।  दमकल कर्मीहरू घटनास्थलमा पुग्न अगावै छेवैमा रहेको अर्को गोदाम र एउटा प्राथमिक स्कूल पनि आगोको चपेटमा पर्यो।  आगो लागेको गोदाममा पुरानो कागजहरू तथा प्लास्टिक राखिएको थियो। लगभग 5 घण्टाको लगातार प्रयासपछि दमकल कर्मीहरूले आगोलाई नियन्त्रणमा ल्याए। यसको साथै नगर निगमका सफाई कर्मचारीहरूको सहयोगमा गोदामबाट कागज तथा प्लास्टिकका सामग्रीहरू निकालिइयो। दमकल कर्मीहरूको प्राथमिक अनुमान अनुसार आगो शर्ट सर्किटको कारणले लागेको हुनसक्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *