आगलागीमा घर जलेपछि नयाँ घर बनाउनको लागि अनित थापाद्वारा युदिस्ट छेत्रीलाई सामानहरू प्रदान

खरसाङ (निसं) : गत तिहारको समयमा लक्ष्मी पूजाको राति खरसाङको गिद्ध पहाड लोवर चन्दुबस्ती निवासी युदिस्ट छेत्रीको घरमा आगलागी हुँदा घर जलेर स्वाहा भएको थियो। उक्त आगलागी भएको लगत्तै भोलिपल्ट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 29 नम्बर समष्टीका प्रतिनिधिहरु घरमा पुगेर केही राहत दिएपछि तिनीहरूले पार्टी अध्यक्ष अनित थापासित बातचित गरेर चाँडै नयाँ घर बनाइदिने वचन दिएका छन्। उक्त दिएको वचन पूरा गर्दै घर पूर्ण रुपमा बनाउनका लागि अनित थापाले आज सामानहरु पठाइदिएका छन्।


भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एवम् जीटीए चिफ् प्रमुख कार्यपाल अनित थापाको निर्देशन अनुसार समष्टीका प्रतिनिधिहरूले घर बनाउने सबै सर-सामानहरू गिध्द पहाड़स्थित युदिस्ट छेत्रीको घरमा लगिदिएका छन्। अर्कोतिर, भागोप्रमो अध्यक्ष अनित थापाद्वारा प्रदान गरिएको घर बनाउने सर-सामानहरू पाएर युदिस्ट छेत्रीले खुशी हुँदै तिनलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *